शनिबार, मंसिर ५,२०८३ 03:44:41
  • शनिबार, मंसिर ५,२०८३ 03:44:41
Global IME Bank Limited

गीत र हुटिङले ब्युँझिएको बालुवाटारमा गरिमासँगै दौडिए १२०० भन्दा बढी धावक !(फोटो र भिडियो)

Bizshala
गीत र हुटिङले ब्युँझिएको बालुवाटारमा गरिमासँगै दौडिए १२०० भन्दा बढी धावक !(फोटो र भिडियो)
New Office

काठमाण्डौ । मंसिर ५ गते शनिबार बिहान काठमाण्डौका बाक्ला घरबीचबाट घाम सडकमा झर्दै थियो । बालुवाटारस्थित गरिमा विकास बैंकको केन्द्रीय कार्यालय अगाडि भने चहलपहल सुरु भइसकेको थियो । सडकमा गायकहरू प्रस्तुति दिइरहेका थिए । गीतसँगै उठेको हुटिङबीच धावकहरू दौड सुरु हुने प्रतीक्षामा थिए ।

दौड सुरु भएपछि त्यही भीड दुई फरक दूरी तय गर्न अघि बढ्यो । पाँच किलोमिटर दौडनेहरू बाँसबारीको न्युरो अस्पताल पुगेर फर्किए । १० किलोमिटर दौडनेहरूको फर्कने बिन्दु भने बूढानीलकण्ठ नगरपालिका–३ को वडा कार्यालय परिसर थियो । दुवै समूहको दौड बालुवाटारबाटै सुरु भएर त्यहीँ टुंगियो ।

CG Motors
Garima Development Bank
IME remit

यो दृश्य गरिमा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवमा आयोजना गरेको ‘गरिमा रोड रेस २०८३’ को हो । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित दौडको तेस्रो संस्करणमा खुला र कर्पोरेट विधा गरी १२०० भन्दा बढी धावक सहभागी भए ।

सुरुआती बिन्दु एउटै भए पनि दुई विधाको दूरी र सहभागिताका नियम फरक थिए । खुलातर्फ महिला र पुरुष दुवै समूहले १० किलोमिटर दौडे । कर्पोरेटतर्फ दुवै समूहका लागि पाँच किलोमिटर दूरी तोकिएको थियो । कर्पोरेट दौडमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी तथा भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाका स्थायी कर्मचारीले भाग लिन पाउने व्यवस्था थियो ।

दुवै विधामा महिला र पुरुष समूहका शीर्ष पाँच धावकले नगद पुरस्कार पाए । गरिमा रोड रेसको १० किलोमिटर खुला दौडमा पुरुषतर्फ तीर्थकुमार पुन र महिलातर्फ राज्य रावल विजेता बने । पुनले ३१ मिनेट ५० सेकेन्डमा र रावलले ३९ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

पाँच किलोमिटर कर्पोरेट दौडमा पुरुषतर्फ ईश्वर बुढाथोकी र महिलातर्फ दिव्या विष्ट पहिलो भए । बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा र विष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरे ।

खुलातर्फ महिला र पुरुष दुवै समूहमा पहिलोदेखि पाँचौँ स्थानसम्मका धावकले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाए । कर्पोरेटतर्फ दुवै समूहमा सोही क्रमअनुसार ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरियो । दुवै विधाका पुरस्कृत धावकलाई पदक र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने, खेलकुदप्रति जनचेतना बढाउने र धावकको प्रतिभालाई अवसर दिने उद्देश्यले बैंकले २०८१ सालमा यो प्रतियोगिता सुरु गरेको हो । तेस्रो संस्करणसम्म आइपुग्दा बैंकको वार्षिकोत्सवको एउटा बिहानले खुला विधाका धावक र वित्तीय क्षेत्रका कर्मचारीलाई बालुवाटारको एउटै सुरुआती रेखामा उभ्यायो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय प्रत्येक वर्ष बैंकले आयोजना गर्ने गरिमा रोड रेस र यससँग सम्बन्धित आगामी योजनाको विषयमा बिजशालासँग कुरा गर्दै प्रत्येक वर्षको कार्यक्रममा धावकहरुको आकर्षण बढिरहेकोमा खुशी प्रकट गरे । बैंकले खेलकूदको प्रवद्र्धनका लागि प्रत्येक वर्ष सिग्नेचर कार्यक्रमका रुपमा रोड रेस आयोजना गरिरहेको र आगामी वर्ष यसलाई थप परिस्कृत र वृहत पार्दै लगिने बताए । 'गरिमा विकास बैंकप्रति सर्वसाधारण, सेयरधनी, सरोकारवालाहरुले जसरी विश्वास गर्नुभएको छ, हामीले विगत तीन वर्षदेखि आयोजना गरिरहेको रोड रेसलाई पनि उत्तिकै विश्वास गर्नुभएको हामीले पाएका छौं ।' उपाध्यायले भने-'हामी धावक, खेलाडी तथा शुभेच्छुकहरुले गर्नुभएको विश्वासप्रति नतमस्तक छौं । रेड रेसलाई झै बैंकलाई समेत थप परिस्कृत गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछौं ।'  

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.