गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाण्डौको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको अठारौं संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

