गरिमा विकास बैंकद्वारा वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले १९औ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगतका वर्षहरुमा जस्तै मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको हो ।

