काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४/७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।
सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाटमा सम्पर्क गरी भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन बैंकले सूचित गरेको छ ।
सूचना प्रकाशित भएको ३५ दिनभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी एने २०६३ को दफा १८२ को उपदफा(९)मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                