सोमबार, बैशाख ७,२०८३ 05:56:33
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:56:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)

Bizshala
पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ ।  

समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको लचक नियामकीय व्यवस्था र कर्जाको रिकभरिमा देखिएको सामान्य सुधार लगायतका कारणले विकास बैंकहरुको वित्तीय विवरणमा प्रभाव परेको देखिएको छ । यसकै कारण अधिकांशको खूद नाफा लगायतका केही मुख्य सूचकमा सुधार देखिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सबै विकास बैंकको खराब कर्जाको अनुपात भने बढेको छ । कम्पनीहरुको वित्तीय स्वास्थ्यका लागि खराब कर्जाको अनुपात बढ्दै जानु राम्रो होइन ।  

खूद नाफामा को अगाडि ?

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले २८ करोड १८ लाख आर्जन गरेको छ ।  

साइन रेसुंगाले २३ करोड ९३ लाख तथा गरिमा विकास बैंकले २२ करोड ५७ लाख नाफा आर्जन गरेको छ ।  

लुम्बिनीको नाफा २० करोड १९ लाख रहेको छ भने कामना सेवाको १७ करोड ४९ लाख रहेको छ ।  

ज्योतिको नाफा १५ करोड ११ लाख रहेको छ भने महालक्ष्मीको ९ करोड ४२ लाख तथा सांग्रिलाको ९ करोड १६ लाख रहेको छ।

नाफाः अघिल्लो वर्षसँगको तुलना

अघिल्लो वर्ष यही अवधिमा २२ करोड ८८ लाख नाफा रहेकोमा मुक्तिनाथले बढाएर यो वर्ष २८ करोड १८ लाखको उचाई चुमाएको छ ।  

यस्तै, २० करोड १५ लाखको नाफालाई गरिमाले बढाएर २२ करोड ५७ लाख पुर्याएको छ भने ११ करोड ९५ लाखको नाफा उछालको गतिमा बढाउँदै कामना सेवाले १७ करोड ४९ लाखको उचाई चुमाएको छ ।  

१९ करोड १६ लाखको अघिल्लो वर्षको नाफालाई बढाएर साइनले २३ करोड ९३ लाखको उचाई टेकाएको छ भने १७ करोड ३२ लाखमा सीमित नाफालाई बढाएर लुम्बिनीले २० करोड १९ लाख पुर्याएको छ ।  

५ करोडको नाफालाई बढाएर ज्योतिले १५ करोड ११ लाखको लोभलाग्दो उचाई चुमेको छ भने ४ करोड ६५ लाखमा सीमित नाफालाई बढाउँदै सांग्रिलाले ६ करोड १ लाख नाफा आर्जन गरेको छ ।  

अघिल्लो वर्ष ११ करोड ९५ लाखमा सीमित नाफालाई कामना सेवाले बढाएर १७ करोड ४९ लाख माथि पुर्याएको छ।

सबैको नाफा बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा भने झिनो गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९ करोड ५३ लाख नाफा आर्जन गरेकोमा त्यो घटेर यो वर्ष ९ करोड ४२ लाखमा सीमित बन्न पुगेको छ ।   

CG Motors
Garima Development Bank
IME remit

एनपीएल कसको बढी ?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको अनुपात बढ्दो छ । तथापि, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत गरेका कतिपय लचक नियामकीय व्यवस्थाका कारण खराब कर्जा बढोत्तरीको तीव्रतामा भने कमी आएको छ । तर, यसका बाबजुद सबै विकास बैंकको खराब कर्जा अनुपात बढेको छ ।  

सबैभन्दा धेरै खराब कर्जाको अनुपात रहेका विकास बैंकहरुमा ज्योति(४.९८), महालक्ष्मी(४.९) र सांग्रिला(४.६५ प्रतिशत) रहेका छन् ।  

अरु सबैको ३ प्रतिशतभन्दा माथि रहेको छ ।  

अघिल्लो वर्षको पहिलो त्रैमाससँग तुलना गर्दा कामना सेवाको खराब कर्जा अनुपात ३.४८ बाट ३.९६ प्रतिशत, १.४९ बाट ३.१६ प्रतिशत, महालक्ष्मीको ३.५१ बाट ४.९० प्रतिशत, ज्योतिको ३.७५ प्रतिशतबाट ४.९८ प्रतिशत पुगेको छ ।  

यस्तै, गरिमाको २.६८ बाट ३.८२ प्रतिशत, लुम्बिनीको ३.४७ बाट ३.६९ प्रतिशत, सांग्रिलाको ३.२८ बाट ४.६५ प्रतिशत र साइनको २.५९ बाट ३.५० प्रतिशत पुगेको छ ।  

खूद ब्याज आम्दानी, इपीएस, नेटवर्थका आधारमा को अगाडि ?कसले इम्पेयरेमन्ट चार्जको रुपमा कमाएको कति छुट्याए ?(टेबलमा हेर्नुहोस्):

सम्बन्धित बैंकले प्रकाशित गरेका पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा तयार टेबल । 
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.