महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश स्वीकृत
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का महत्वपूर्ण वित्तीय प्रस्तावहरू पारित गरेको छ।

