बिहीबार, श्रावण १४,२०८३ 09:08:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:08:24
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचतमै मुद्दति सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । 

यस खाताअन्तर्गत बचतकर्ताले १ वर्ष देखी १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् । जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन । अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्तीपश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ । 

मुद्दति खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र रु ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षादिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.