आईतवार, फाल्गुन ३,२०८२ 10:40:52
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:40:52
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले कमायो पौने १० करोड नाफा, इपीएसमा सुधार

महालक्ष्मी विकास बैंकले कमायो पौने १० करोड नाफा, इपीएसमा सुधार
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । बैंकले सो अवधिसम्म ५० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ५.३२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म भने बैंकले ४८ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ५.५० प्रतिशत पुगेको छ । गत आवमा भने बैंकको यस्तो कर्जा अनुपात ४.९० प्रतिशत थियो । त्यस्तै, बैंकको बेस रेट ६.४५ प्रतिशत, कस्ट अफ फण्ड ४.३० प्रतिशत, रिटर्न अन इक्विटी ५.४८ प्रतिशत, रिटर्न अन एसेस्ट ०.६० प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेकोमा रिटर्न अर्निङ ३९ करोड ११ लाख, रिजर्भमा २ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ संचित र इपीएस ९.०८ रुपैयाँ, नेटवर्थ १६५.४३ रुपैयाँ, पीई रेसियो ४०.०८ गुणा र तरलता अनुपात ३०.७६ प्रतिशत रहेको छ । बैंकले सो अवधिसम्ममा वितरणयोग्य मुनाफा ३९ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । यसर्थमा बैंकको लाभांश क्षमता प्रतिसेयर ७.२२ प्रतिशत रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.