बिहीबार, श्रावण १४,२०८३ 09:04:12
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:04:12
Bizshala
Global IME Bank Limited

सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता

सेयर लगानीकर्ताका लागि महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता
New Office

काठमाण्डौ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उदेश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल–इन–वान) सञ्चालनमा ल्याएको छ ।  

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्ने जनाएको छ ।  

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।  

महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । बैंकको गत पुस २८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.