काठमाण्डौ । सानिमा बैंक र महालक्ष्मी विकास बैंक बैंकका शाखा कार्यालयहरु आज सार्वजनिक बिदाको दिन पनि खुला रहने भएका छन् । यी दुवै बैंकले छुट्टा छुट्टै सूचना जारी गर्दै ग्याल्पो लोसारको दिन बैंकका शाखा कार्यालयहरु खुला रहने बारे जानकारी दिएका हुन् ।
सानिमा बैंकको दमक,इनरुवा,विर्तामोड,गाईघाट,विरगञ्ज,जनकपुर,लहान,हरिवन,धादिङवेशी,पाचँखाल,नौबिसे,भैरहवा,तुलसीपुर,नेपालगंज,विरेन्द्रनगर,महेन्द्रनगर,टिकापुर,धनगढी शाखा कार्यालयहरुबाट आज नगद तथा चेक कारोबार,आरटीजीएस क्लियरिङ र आईपीएस सेवा प्रदान गरिने बैंकले जनाएको छ । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १.३० बजेसम्म खुल रहनेछन् ।
यस्तै विराटनगर,इटहरी,नक्साल,कुमारीपाटी,सूर्यविनायक,कलंकी,नयाँ बानेश्वर,न्यूरोड,चुच्चेपाटी,अमरसिंह,दमौली शाखा कार्यालयहरुबाट पनि नगद तथा चेक कारोबार,आरटीजीएस क्लियरिङ र आईपीएस सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
त्यस्तै महालक्ष्मी विकास बैंकका इटहरी,श्रीपुर,सातदोबाटो,दरबारमार्ग,कमाने,विजयपुर,भैरहवा,नेपालगंज र महेन्द्रनगर शाखा कार्यालयहरु खुला रहने छन् ।