मंगलवार, आश्विन १३,२०८३ 09:26:40
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:26:40
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित १०.९९% मै कर्जा योजनाहरु

Bizshala
महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित १०.९९% मै कर्जा योजनाहरु
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नयाँवर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ ।  

यी योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महा लक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । उपरोक्त तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवाशुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ ।  

साथै, आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त योजना अनुसार आवासीय/व्यापारिक घर÷जग्गाखरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखीअधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ ।

यस्तै बैंकले साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने बैंकले जनाएको छ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधी २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।  

गत पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.