काठमाण्डौ । प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
यस्तै महालक्ष्मी विकास बैंकले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कहार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।