मंगलवार, कार्तिक ३,२०८३ 03:30:42
  • मंगलवार, कार्तिक ३,२०८३ 03:30:42
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

Bizshala
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न  

गरेको छ ।  

शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवातथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नितिअनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।  

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनःप्रशोधनको लागिदिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ । यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्नेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै तिनकुने टोल सुधार समिति, काठमाण्डौलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियालीप्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाईमा योगदान पुरयाउने दीर्घकालिन प्रतिबद्घता अनुरुप यस किसिमको सहकार्य गरिएको बैंकले जनाएको छ ।  

संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कला कृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित‘पाटन हेरिटेज रनव’ आयोजना गर्न आर्थिक सहयोग गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसै गरी दैनिक काम काजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न शिवमन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुनेछ ।  

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.