बिहीबार, श्रावण १४,२०८३ 09:06:25
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:06:25
Bizshala
Global IME Bank Limited

केन्द्रीय कार्यालयका लागि घर/जग्गा खोज्दै महालक्ष्मी विकास बैंक, शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

केन्द्रीय कार्यालयका लागि घर/जग्गा खोज्दै महालक्ष्मी विकास बैंक, शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयका लागि घर÷जग्गा शिलबन्दी प्रस्ताव माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इच्छुक व्यक्ति तथा संस्थाबाट निश्चित शर्त बन्देजहरुको अधिनमा रहि बिक्री प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  

चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा (महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैहिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर क्षेत्र) लाई बिशेष प्राथमिकता दिईने बैंकले जनाएको छ । यस्तै चक्रपथसंग जोडिएको वा चक्रपथ भित्र २ रोपनी देखि ४ रोपनी सम्म भएको हुनु पर्नेछ । घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनु पर्नेछ ।

शिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम मिति साउन ५ गते निर्धारण गरिएको छ । शिलबन्दी प्रस्ताव साउन ६ गते दिनको ३ बजे खोलिने छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.