शुक्रबार, बैशाख ४,२०८३ 08:21:03
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:21:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘ग्लोबल मनि विक’को अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

Bizshala
‘ग्लोबल मनि विक’को अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चैत २ गतेदेखि ८ गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।  

यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, विरगंज, धनगढी, सुर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका विभिन्न शाखा कार्यालयहरु तथा प्रादेशीक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘स्मार्ट मनी टक्स’ भन्ने मुल नाराका साथ देशभरी आयोजना गरिएको कार्यक्रमहरुमा एक हजार जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ । 

नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाहरुले आयोजना गरेको वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रमहरुमा समेत बैंकले उत्साहजनक रुपमा सहभागिता जनाएको छ ।

ग्लोबल मनी विक २०२६ को अवसर पारेर यस बैंकको नेपालगंज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज, बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु समेत वितरण गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यमहरुबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.