काठमाण्डौ । महालक्ष्मी विकास बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।
उनीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रहीकार्य गरेको अनुभव रहेको छ ।
असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेका छन् । साथै सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासनअभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                