मंगलवार, कार्तिक ३,२०८३ 04:39:07
  • मंगलवार, कार्तिक ३,२०८३ 04:39:07
Global IME Bank Limited

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आवद्ध

Bizshala
गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आवद्ध
New Office

काठमाण्डौ । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोबारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को EFT Services मा आवद्ध भई 3D Secure ACS सेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्डहोल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्ड होल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न 3D Secure ACS सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ । बैंकर एनसीएचएलकोे यस पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनसीएचएलले EFT सेवाअन्तर्गत ACS का साथै विभिन्न network scheme को कार्ड जारी गर्ने, कारोबार acquire गर्ने,कारोबार processing तथा settlement, ई(कर्मस payment गेटवे, कार्ड personalization जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ । एनसीएचएलले उक्त प्रणालीमा NEPALPAY कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हाल NCHL को EFT Services अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मीविकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक,लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक,प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकलगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.