आईतवार, बैशाख ६,२०८३ 10:46:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:46:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले ८.९९% मै हरित घर कर्जा प्रदान गर्ने

Bizshala
महालक्ष्मी विकास बैंकले ८.९९% मै हरित घर कर्जा प्रदान गर्ने
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।  

दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नितिबमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जालगायतका कृषि तथा वनजंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम २ वर्षदेखी अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर÷गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुर्ननिर्माण÷मर्मत सम्भार गर्न प्रदान गरिनेछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.