काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार ५९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशत बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ९ करोड ७५ लाख १२ हजार ४३६ रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७० प्रतिशतले बढेर ५१ करोड ४ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५० करोड १९ लाख ७१ हजार रुपैयाँ थियो।
कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च ३२.३७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १५ करोड ७८ लाख ८६ हजार रुपैयाँ रहेको यस्तो खर्च चालु वर्षको पहिलो त्रैमासमा १० करोड ६७ लाख ८४ हजार रुपैयाँमा झरेको छ।
कर्जाको गुणस्तरतर्फ भने दबाब बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ५.५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर ६.४९ प्रतिशत पुगेको छ।
वितरणयोग्य नाफातर्फ बैंकले सुधार गरेको छ। असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ४७ करोड ६२ लाख ६० हजार ८६५ रुपैयाँ पुगेको छ। गत वर्षको समान अवधिमा यस्तो सञ्चित वितरणयोग्य नाफा ३९ करोड ११ लाख ८८ हजार ५५५ रुपैयाँ थियो। यसरी कुल वितरणयोग्य नाफा २१.७५ प्रतिशतले बढेको छ।
नाफामा सुधारसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८ पैसाबाट बढेर १० रुपैयाँ ५० पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा रहेको छ। बैंकको चुक्तापुँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ छ।
बैंकको कोषको लागत अघिल्लो वर्षको पहिलो त्रैमासको ४.३० प्रतिशतबाट घटेर ३.५८ प्रतिशतमा आएको छ। आधारदर पनि ६.४५ प्रतिशतबाट घटेर ५.७१ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर भने ४.३६ प्रतिशतबाट घटेर ४.१४ प्रतिशत कायम भएको छ।
पुँजीकोष अनुपात १७.६० प्रतिशतबाट घटेर १६.९२ प्रतिशतमा आएको छ भने कर्जा–निक्षेप अनुपात ८२.९८ प्रतिशतबाट बढेर ८६.४५ प्रतिशत पुगेको छ। जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।