आईतवार, बैशाख ६,२०८३ 10:53:45
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:53:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

Bizshala
महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  

बैंकले ग्लोल मनि विक, २०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरता काकार्यक्रम, प्रभात फेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको जनाएको छ ।

बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु,  किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त कार्यक्रमहरुबाट करिब १ हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धि विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारीसहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिकवाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धितनिर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी ग्लोबल मनि विकको सप्ताह सफलता पूर्वक सम्पन्न गरेको उल्लेख गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.