आईतवार, असार २२,२०८२ 09:21:55
  • आईतवार, असार २२,२०८२ 09:21:55
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

Hyundai Nepal
महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत(कस्ट अफ फण्ड) भएको विकास बैंक बन्न सफल भएको छ ।  

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१÷८२ चैत मसान्तसम्म बैंकको कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ  । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । जसअनुसार बैंकको आधार दर  चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ । जुन प्रायः बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।  

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ । जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पूँजीकोष बढी भएको अवस्थामा बैंकहरुलाई  जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पूँँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पूँँजीको अभाव नरहने देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.