आईतवार, बैशाख ६,२०८३ 10:49:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:49:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य

Bizshala
महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ । असोज १ गते एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरिएको हो ।  

यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिम पे, युपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यस अघि पनि बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोगप्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.