त्रिशूलीको कटानले मनकामना केबलकारको गेटभित्रको सडक भासियो, सेवा बन्द
काठमाण्डौ । लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको तीव्र बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

