आईतवार, बैशाख ६,२०८३ 01:59:46
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:59:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अस्ट्रियन कलाकारले काठमाण्डौमा प्रस्तुत गरे प्यान्टोमाइम

Bizshala
अस्ट्रियन कलाकारले काठमाण्डौमा प्रस्तुत गरे प्यान्टोमाइम
Shivam Cement

काठमाण्डौ । अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले नेपालमा प्यान्टोमाइम प्रस्तुति दिएका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।  

यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘कूटनीति राजनीतिकर आर्थिक सम्बन्ध मात्र होइन;सांस्कृतिक आदान प्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ’ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने । यस्ता कार्यक्रमले एकअर्काको सांस्कृतिक पहिचान बारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए ।  

मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासअन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकलपल र उनकी श्रीमती इरेनापलपनि सहभागी थिए ।  

CG Motors
Garima Development Bank
IME remit

प्यान्टोमाइम रंगमञ्चीय प्रस्तुति हो । यसमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गरिन्छ ।  

यसअघि पनि कैयौंपटक सफलतापूर्वक सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको अस्ट्रियन दूतावासले अगाामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.