मंगलवार, कार्तिक ३,२०८३ 05:42:24
  • मंगलवार, कार्तिक ३,२०८३ 05:42:24
Global IME Bank Limited

त्रिशूलीको कटानले मनकामना केबलकारको गेटभित्रको सडक भासियो, सेवा बन्द

Bizshala
त्रिशूलीको कटानले मनकामना केबलकारको गेटभित्रको सडक भासियो, सेवा बन्द
New Office

काठमाण्डौ । लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।

गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको तीव्र बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्गमा समेत चिरा परेको छ। नदीको बहावले झोलुङ्गे पुलमा निरन्तर दबाब दिँदा आसपासको भित्री सडक भासिएको उनले बताए।

सडक भासिएपछि मनकामना केबलकार सेवा हाल बन्द गरिएको छ। नदीको बहावले पुल तथा आसपासका संरचनामा निरन्तर प्रहार गरिरहेकाले जोखिम थप बढेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नदीको बहाव तत्काल कम नभए आसपासका सडक तथा संरचनामा थप क्षति पुग्न सक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.