बिहीबार, श्रावण १४,२०८३ 09:08:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:08:24
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंंकको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

महालक्ष्मी विकास बैंंकको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पुस २९ गते काठमाण्डौको गैह्रीधारामा रहेको एलिस रिसेप्सन्समा सम्पन्न भएको छ ।

यस अवसरमा २०८१ साल असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।  

यसैगरी, वार्षिक साधारण सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यसअन्तर्गत आव २०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमाप्रति सेयर आम्दानी रु. १२, पूँँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।  

सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै  बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.