सोमबार, श्रावण १८,२०८३ 07:33:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:33:32
Bizshala
Global IME Bank Limited

६५७ अर्ब रुपैयाँ वित्तीय घाटा, आन्तरिक ऋणमा सरकारको उच्च निर्भरता

६५७ अर्ब रुपैयाँ वित्तीय घाटा, आन्तरिक ऋणमा सरकारको उच्च निर्भरता
New Office

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटअनुसार सरकारले १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्वबाट संकलन गर्ने अनुमान गरिएको  छ ।

बजेट वक्तव्यअनुसार सरकारको प्रमुख आय स्रोतका रूपमा रहेको राजस्वले कुल खर्चको ठूलो हिस्सा धान्ने अपेक्षा गरिएको छ ।  

अर्थमन्त्री डा.वाग्लेले प्रस्तुत गरेको विवरणमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

कुल स्रोत व्यवस्थापनको हिसाब गर्दा आगामी आर्थिक वर्षमा सरकारको खर्च आवश्यकता पूरा गर्न अझै ठूलो परिमाणमा स्रोत अपुग हुने देखिएको छ ।  

बजेटअनुसार ६ सय ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको वित्तीय खाडल ९घाटा० रहने अनुमान गरिएको छ ।

उक्त घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणमार्फत २ सय ४७ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने योजना अघि सारेको छ ।  

वैदेशिक सहयोग तथा ऋणलाई विकास परियोजना, पूर्वाधार निर्माण तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा उपयोग गरिने अपेक्षा गरिएको छ ।

त्यस्तै, राजस्व र वैदेशिक सहायताबाट पनि अपुग हुने ठूलो रकम आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने सरकारले जनाएको छ ।  

बजेटअनुसार ४ सय १० अर्ब रुपैयाँ बराबरको स्रोत आन्तरिक ऋणबाट जुटाइनेछ ।

तर, आन्तरिक ऋण परिचालनसँगै ऋण भुक्तानीको दायित्व पनि उल्लेखनीय रहनेछ ।  

अर्थमन्त्री डा. वाग्लेका अनुसार आगामी आर्थिक वर्षमा मात्रै २ सय ४५ अर्ब ८९ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी गर्नुपर्नेछ ।

यो भुक्तानी दायित्व कटौती गरेपछि सरकारको खुद आन्तरिक ऋण परिचालन १ सय ६४ अर्ब ११ करोड रुपैयाँमा सीमित रहने बजेटमा उल्लेख गरिएको छ ।

विश्लेषकहरूका अनुसार राजस्वमा उच्च निर्भरता, ठूलो घाटा बजेट र ऋण परिचालनको बढ्दो आवश्यकता दीर्घकालीन वित्तीय व्यवस्थापनका लागि चुनौतीपूर्ण हुन सक्ने संकेत बजेटले दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.