शुक्रबार, कार्तिक २७,२०८३ 03:24:11
  • शुक्रबार, कार्तिक २७,२०८३ 03:24:11
Global IME Bank Limited

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

Bizshala
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने
New Office

 

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा भेला गराउने भएको छ। पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने, संगठनात्मक शक्ति सुदृढ बनाउने र चुनावी रणनीतिमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित एमालेले मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको हो।

काठमाण्डौस्थित कार्की ब्याङ्क्वेटमा हुने दुईदिने भेलामा देशभरबाट तीन हजार ४१४ नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक बसेको छ। बैठकले विभिन्न प्रदेशबाट आउने प्रतिनिधिको सहभागिता, कार्यक्रम व्यवस्थापन तथा आवश्यक तयारीको समीक्षा गरेको छ।

बैठकमा एमाले महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिंगो पार्टी पंक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको बताए।

उनका अनुसार पार्टीको आन्तरिक अवस्था, बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीविकाका समस्या र आगामी राजनीतिक चुनौतीबारे नेता तथा कार्यकर्ताबीच साझा बुझाइ निर्माण गरिनेछ।

भेलामार्फत पार्टीको संगठनात्मक एकतालाई थप मजबुत बनाउने र निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउन आवश्यक रणनीतिक तयारी अघि बढाउने एमालेको योजना छ।

ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्ने

राष्ट्रिय भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले एउटै मञ्चबाट नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने भएकाले भेलालाई एमालेले संगठनात्मक एकता प्रदर्शन गर्ने अवसरका रूपमा समेत लिएको छ।

यस क्रममा पार्टीको आगामी राजनीतिक कार्यदिशा, निर्वाचनको तयारी, सांगठनिक परिचालन र समसामयिक राजनीतिक परिस्थितिबारे नेतृत्वले धारणा राख्ने अपेक्षा गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पालिका तहबाटै ठूलो सहभागिता

एमाले संगठन विभागले सार्वजनिक गरेको प्रतिनिधि विवरणअनुसार भेलामा सबैभन्दा बढी सहभागिता पालिका कमिटीबाट हुनेछ।

पालिका कमिटीका एक हजार ५०६ प्रतिनिधि सहभागी हुनेछन् भने केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय निकायबाट ८१, प्रदेश तथा प्रवाससम्बद्ध संरचनाबाट ५५ र जिल्ला तहबाट ४४० प्रतिनिधि उपस्थित हुनेछन्।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ सांसद, प्रदेशसभाका १५५ सदस्य, स्थानीय तहका १९६ प्रमुख तथा अध्यक्ष, ३४२ उपप्रमुख तथा उपाध्यक्ष र जनसंगठनका ९६ प्रतिनिधि सहभागी हुने विवरण एमालेले सार्वजनिक गरेको छ।

यसरी केन्द्रदेखि वडा तथा पालिका तहसम्मका नेता र जनप्रतिनिधिलाई एकै ठाउँमा जुटाएर चुनावी तयारीको सन्देश प्रवाह गर्ने पार्टीको रणनीति देखिन्छ।

व्यवस्थापनमा विशेष तयारी, सार्वजनिक यातायात प्रयोग गर्न आग्रह

राष्ट्रिय भेलालाई व्यवस्थित बनाउन एमालेले विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरेको छ।

संगठन विभाग प्रमुख ढकालका अनुसार कार्यक्रमस्थलको सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनको काम तीव्र रूपमा अघि बढाइएको छ।

तयारी बैठकमा विभिन्न प्रदेशका फोकल पर्सनहरूले प्रतिनिधिहरूको सहभागिता उत्साहजनक रहने जानकारी गराएका थिए।

एकैपटक ठूलो संख्यामा नेता तथा कार्यकर्ता काठमाण्डौ आउने भएकाले यातायात व्यवस्थापनमा समस्या नहोस् भनेर एमालेले सहभागीहरूलाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

निर्वाचनअघि संगठनको शक्ति परीक्षण

एमालेले आसन्न स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गर्न लागेको यस भेलालाई राजनीतिक रूपमा समेत अर्थपूर्ण मानिएको छ।

देशभरका संगठनात्मक संरचनालाई सक्रिय बनाउने, निर्वाचनका लागि आवश्यक सन्देश तय गर्ने र कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्ने उद्देश्यले आयोजना गरिएको भेलाले पार्टीको आगामी रणनीति स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

विशेषगरी स्थानीय तहमा पार्टीको सांगठनिक प्रभाव विस्तार, कार्यकर्ताको मनोबल वृद्धि तथा शीर्ष नेतृत्वबाट एउटै राजनीतिक सन्देश प्रवाह गर्ने विषय भेलाको केन्द्रमा रहने देखिन्छ।

यस अर्थमा मंसिर २ र ३ गते हुने राष्ट्रिय भेला एमालेका लागि नियमित सांगठनिक कार्यक्रम मात्र नभई आगामी चुनावी प्रतिस्पर्धाको तयारी र राजनीतिक शक्ति प्रदर्शनको अवसरसमेत बन्ने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.