‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’मै अड्कियो एमालेको प्रतिवेदन, कार्यदल बैठकसमेत अनिश्चित
काठमाडौं। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन दुई शब्दमै अड्किएको छ—‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’।कार्यदलले तयार गर्ने एकीकृत प्रतिवेदनमा यी शब्द राख्ने कि नराख्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुट्न नसक्दा बिहीबार बस्ने भनिएको कार्यदल बैठक नै अनिश्चित बनेको छ। यसले असोज ५ देखि ७ गतेसम्मका लागि तय गरिएको एमाले केन्द्रीय समिति बैठकको...

