आईतवार, आश्विन ४,२०८३ 03:35:52
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 03:35:52
Bizshala
Global IME Bank Limited

ओलीको राजीनामा नमाग्ने, सार्वजनिक आलोचना नगर्ने सहमति जुटेको महेश बस्नेतको दाबी

ओलीको राजीनामा नमाग्ने, सार्वजनिक आलोचना नगर्ने सहमति जुटेको महेश बस्नेतको दाबी
New Office

 

काठमाण्डौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने, उनलाई पदबाट हटाउने प्रस्ताव नल्याउने र सार्वजनिक रूपमा आलोचना नगर्ने विषयमा सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरेका छन्।

कार्यदल बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदालाई समेटेर साझा प्रतिवेदन तयार गर्ने निर्णय भएको बताए। एमालेभित्र पछिल्लो समय नेतृत्व परिवर्तन, ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विशेष महाधिवेशनको विषयमा बहस हुँदै आएको छ।

बस्नेतका अनुसार कार्यदलमा अध्यक्ष ओलीको राजीनामा माग नगर्ने, पदबाट हटाउने विषय नउठाउने तथा विशेष महाधिवेशनमा नजाने समझदारी बनेको छ। ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा तथा नेतृत्व परिवर्तनजस्ता विषय भने नियमित महाधिवेशन वा विधान अधिवेशनबाट टुंग्याउन सकिने उनको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

उनले कार्यदलका विभिन्न छलफलबाट आएका सुझावलाई साझा प्रतिवेदनमा समेटिने र १३ समूहबाट प्राप्त सुझावलाई अनुसूचीमा राखिने बताएका छन्।

कार्यदलले दुईवटा मस्यौदालाई एकीकृत गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी यसअघि नै तोकिएका तीन नेतालाई दिएको बस्नेतले जानकारी दिए।

उनका अनुसार पार्टीलाई थप सक्रिय र एकताबद्ध ढंगले अघि बढाउने तथा प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि छलफल भएको छ।

Muktinath Bikas Bank Limited

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५, ६ र ७ गते बस्ने पार्टीले औपचारिक रूपमा जनाएको छ। अध्यक्ष ओलीले उक्त बैठकबाट पार्टीलाई थप सुदृढ एकताका साथ अघि बढाउने निर्णय हुने बताएका छन्।

कार्यदलको साझा प्रतिवेदन अब सचिवालय र केन्द्रीय कमिटीमा प्रस्तुत गरिने बताइएको छ। त्यसपछि प्रतिवेदनका प्रस्तावले पार्टीको औपचारिक निर्णयको स्वरूप लिने वा परिमार्जन हुने भन्ने विषय सम्बन्धित पार्टी निकायबाट टुंगिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.