शनिबार, कार्तिक १४,२०८३ 12:01:59
  • शनिबार, कार्तिक १४,२०८३ 12:01:59
Global IME Bank Limited

वरिष्ठ नेता बनेपछि पहिलोपटक एमाले स्थायी कमिटीमा विद्या भण्डारी

Bizshala
वरिष्ठ नेता बनेपछि पहिलोपटक एमाले स्थायी कमिटीमा विद्या भण्डारी
New Office

 काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्। वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएको यो पहिलोपटक हो।

एमालेको असोज ८ गते बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। सक्रिय राजनीतिबाट लामो समय टाढा रहेकी उनी पछिल्लो समय पुनः पार्टीको औपचारिक संरचनामा फर्किएकी हुन्।

वरिष्ठ नेताको हैसियतमा स्थायी कमिटी बैठकमा उनको सहभागितालाई एमालेको पछिल्लो आन्तरिक राजनीतिक विकासका रूपमा हेरिएको छ।

एमालेले असोज २२ गते दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएको थियो। बैठकका एजेन्डाबारे भने पार्टीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.