मंगलवार, श्रावण १९,२०८३ 06:24:34
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:24:34
Bizshala
Global IME Bank Limited

गुण्डु बैठकपछि अस्वस्थ भएका एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना

गुण्डु बैठकपछि अस्वस्थ भएका एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना
New Office

 

 काठमाण्डौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिक स्रोतका अनुसार सोमबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित छलफलका क्रममा अस्वस्थ भएर बेहोस भएका थपलियालाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो।

मध्यपुर थिमी अस्पतालमा प्रारम्भिक उपचारपछि घरमा आराम गरिरहेका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार वीर अस्पताल भर्ना गरिएको बताइएको छ।

थपलियामा उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढेको समस्या देखिएपछि थप परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतको भनाइ छ।

बैठकमा सहभागी केही नेताले ओलीसँगको चर्काचर्कीपछि बोल्ने क्रममा थपलियाको स्वास्थ्यमा समस्या आएको दाबी गरेका छन्। एमाले सचिव महेश बस्नेतले भने उनको घाँटी अवरुद्ध भएको र त्यसपछि असहज अवस्था सिर्जना भएको बताएका छन्।

बागमती प्रदेशको भावी मुख्यमन्त्री चयनको विषयमा एमालेभित्र विवाद चर्किरहेका बेला उक्त बैठक बसेको थियो। एमाले नेतृत्वले भक्तपुरका किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी गरेको चर्चा छ। थपलिया पनि मुख्यमन्त्रीका आकांक्षी रहेको बताइएको छ।

यद्यपि, राजनीतिक तनावकै कारण थपलिया बेहोस भएको भन्ने दाबीलाई अस्पताल वा चिकित्सकले औपचारिक रूपमा पुष्टि गरेका छैनन्। उनको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालबाट पनि औपचारिक जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.