आईतवार, आश्विन १८,२०८३ 11:55:31
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:55:31
Bizshala
Global IME Bank Limited

एमालेले बोलायो संसदीय दलको बैठक

Bizshala
एमालेले बोलायो संसदीय दलको बैठक
New Office

 

काठमाण्डौ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने भएका छन्।

संसद् अधिवेशन सुरु हुनुअघि तथा अधिवेशन सम्पन्न भएपछि एमालेले नियमित रूपमा संसदीय दलको बैठक गर्दै आएको छ। यस्ता बैठकमा अघिल्लो अधिवेशनका गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा सांसदहरूको भूमिकाबारे छलफल हुने गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बैठकमा पछिल्लो संसद् अधिवेशनमा पार्टीका तर्फबाट निर्वाह गरिएको भूमिकाको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे अध्यक्ष ओलीले आवश्यक निर्देशन दिनेछ।

बैठकमा संसद् र पार्टीका आगामी रणनीति तथा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.