बुधबार, आश्विन १४,२०८३ 03:52:13
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 03:52:13
Bizshala
Global IME Bank Limited

स्थानीय निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन, केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनमा जोड

Bizshala
स्थानीय निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन, केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनमा जोड
New Office

 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताहरूलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन्।

पार्टी कार्यालय च्यासलबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकपछि ‘लोकतन्त्रको पुनर्बहाली’ र आगामी स्थानीय निर्वाचनको तयारीलाई पार्टीका मुख्य कार्यभारमध्ये राखेको छ। पार्टीको आधिकारिक विवरणमा पनि यी विषयलाई आगामी कार्यदिशाको प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरिएको छ। 

ओलीले पार्टी संगठनलाई स्थानीय तहसम्म सक्रिय बनाउँदै निर्वाचनको तयारी, संगठन सुदृढीकरण र केन्द्रीय कमिटीले तय गरेका कार्यक्रम कार्यान्वयनमा लाग्न प्रदेश तथा जिल्ला नेतृत्वलाई निर्देशन दिएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि मंगलबार उनले कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई पनि भर्चुअल रूपमा सम्बोधन गरेका थिए। बुधबार बाँकी प्रदेशका नेतासँग संवाद गर्दै उनले अभियानलाई निरन्तरता दिएका हुन्।

एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले दुई मुख्य कार्यभार कार्यान्वयनका लागि १५ वटा प्रमुख कामसमेत निर्धारण गरेको पार्टीले जनाएको छ। ती निर्णयलाई तल्लो तहसम्म पुर्‍याउँदै संगठनलाई निर्वाचनमुखी बनाउने तयारी भइरहेको छ। 

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा एमालेले पार्टी संगठन परिचालन र चुनावी तयारीलाई तीव्रता दिन थालेको छ। ओलीको पछिल्लो निर्देशन पनि केन्द्रीय निर्णयलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्यान्वयनमा लैजाने अभियानसँग जोडिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.