काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जनताबाट निर्वाचित सरकारले संसद् र जनताको आवाजलाई बेवास्ता गरिरहेको आरोप लगाए।
उनले जनताको मतबाट सरकारमा पुगेका प्रधानमन्त्रीले संसद्का कुरा नसुन्ने र जनताका आवाजप्रति पनि संवेदनशील नहुने अवस्था आएको भन्दै प्रश्न उठाए।
‘लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्री संसद्लाई सुन्नुहुन्न, जनतालाई सुन्नुहुन्न,’ पोखरेलले भने, ‘हामी जनताको शासनमा हिँडिरहेका छौँ कि अधिनायकको बाटोमा?’
पोखरेलले लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रणालीको मर्यादा कायम राख्न प्रमुख राजनीतिक दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले लोकतन्त्रको संस्थागत विकास तथा संसदीय अभ्यासको संरक्षणका लागि राजनीतिक दलबीच संवाद र सहकार्य आवश्यक रहेको बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।