६० भन्दा बढी महिला चिकित्सकलाई वित्तीय साक्षरता, कामना सेवा विकास बैंकको सहकार्य
काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले ६० भन्दा बढी महिला चिकित्सकका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चिकित्सकहरूलाई व्यक्तिगत वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

