बिहीबार, आश्विन २२,२०८३ 11:16:15
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 11:16:15
Bizshala
Global IME Bank Limited

६० भन्दा बढी महिला चिकित्सकलाई वित्तीय साक्षरता, कामना सेवा विकास बैंकको सहकार्य

Bizshala
६० भन्दा बढी महिला चिकित्सकलाई वित्तीय साक्षरता, कामना सेवा विकास बैंकको सहकार्य
New Office

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले ६० भन्दा बढी महिला चिकित्सकका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चिकित्सकहरूलाई व्यक्तिगत वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तुतीकरण, अन्तरक्रिया र व्यावहारिक सहजीकरणमार्फत वित्तीय योजना तथा दीर्घकालीन आर्थिक सुरक्षाबारे जानकारी दिइएको थियो।

कार्यक्रमको सुरुवातमा डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्त्वबारे धारणा राखिन्।

वित्तीय साक्षरतासम्बन्धी सत्रमा चार्टर्ड एकाउन्टेन्ट अनुपमा सङ्ग्रौला, बैंकको डिजिटल अपरेसन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले सहजीकरण गरेका थिए। उनीहरूले आम्दानीको उचित व्यवस्थापन, बचत तथा लगानीको योजना र भविष्यको आर्थिक सुरक्षाका विषयमा व्यावहारिक जानकारी दिएका थिए।

संघका अध्यक्ष रिजालले चिकित्सकहरूले आफ्नो पेसासँगै वित्तीय व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने बताए। व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित योजना आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकका लागि वित्तीय साक्षरता आवश्यक विषय भएको बताउँदै यस्ता कार्यक्रमले आर्थिक निर्णय गर्ने क्षमता बढाउन सहयोग पुग्ने उल्लेख गरिन्।

कार्यक्रममा संघका पूर्वअध्यक्ष डा. लोचन कार्की विशेष अतिथिका रूपमा उपस्थित थिए। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव र संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठ पनि सहभागी थिए।

बैंकले कार्यक्रमबाट सहभागीहरूलाई आम्दानी व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण र आर्थिक निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। वित्तीय पहुँच, साक्षरता तथा समावेशीकरणका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बैंकले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.