बुधबार, फाल्गुन ६,२०८२ 08:04:37
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:04:37
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत Breathe of Life (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभुत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने  विश्वास व्यक्त गरे ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, यस सहयोगप्रति आभार व्यक्त गर्दै आश्रममा रहेको गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उक्त कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा उप–मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरु, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.