काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि वीक० को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनि वीक २०२४ अन्तर्गत बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखाकार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।
हालबैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् सेवा प्रदान गरिरहेको छ ।