काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका प्रमुखहरुलाई साईवर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल प्रहरी, साईवर ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) नबिन्द्र अर्यालले वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।
प्रशिक्षणले बैंकका संचालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                