काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा चैत ८ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
ग्ग्लोबल मनि विकअन्तर्गत कामना सेवा विकास बैंकले अमलटारी,पोखरामाइको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जनाभन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो ।
उक्त अवसरमा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत सेवा प्रदान गरि रहेको छ ।