काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका सबै प्रदेशका शाखा कार्यालयहरुका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।
यो पदका लागि आवेदकको न्यूनतम १८ देखि २५ वर्षको हुनु पर्नेछ । यद्यपी महिला उम्मेदवारका लागि भने थप ५ वर्ष उमेर बढी भएकालाई समेत मान्यता प्रदान गरिने बैंकले जनाएको छ । उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन संकायमा कम्तिमा १२ कक्षा उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै परीक्षामा कम्तिमा ५० प्रतिशत वा २.४० जीपीए ल्याएको हुनु पर्नेछ ।
यो पदका लागि कुनै अनुभव नभएकाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति आगामी साउन १८ गते रहेको छ ।