शिक्षक सेवा आयोगद्वारा ४४६ जना शिक्षकका लागि दरखास्त आह्वान
काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि सातै प्रदेशमा ४४६ जना शिक्षकको माग गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञापनअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक पद खुला गरिएको छ।

