काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली,२०८२ को नियम २० बमोजिम कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।
कार्यकारी निर्देशकको पद ५ वर्षको हुने र खानेपानी व्यवस्थापन बोर्ड ऐनको दफा १७(३)बमोजिम निजलाई पदावधि पूरा हुनु अगावै हटाउन समेत सकिने जनाइएको छ । कार्यकारी निर्देशकको छनौट न बोर्डको कार्यकारी निर्देशक नियुक्ती सम्बन्धी कार्यविधि, २०८२ बमोजिम हुने सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।