काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्था लिमिटेडले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान खुलाएको छ । संस्थाले विभागीय अधिकृत,सहायक, कानून अधिकृत,प्रदेश प्रम्ुख,अनुगमन अधिकृत,शाखा प्रमुख र फिल्ड सहायक पदका लागि कर्मचारी मागेको हो ।
व्यवस्थापकीय श्रेणी पदका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ । हाल वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेरको हद नलाग्ने संस्थाले जनाएको छ ।
सर्ट लिस्टिङमा परेका आवेदनलाई छनोट प्रक्रियमा सहभागी गराईनेछ र परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै हुन सक्ने संस्थाद्वारा जारी सूचना उल्लेख गरिएको छ । दुई पाङग्रे सवारी साधन तथा चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।
इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।