वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त सूचीकृत छन् । तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो । ग्लोबल आईएमई लघुवित्तका देशभर ५१ जिल्लामा १०२ शाखा छन् । यसको मुख्य कार्यालय पोखरामा रहेको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रहेको छ...