काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते मंगलबार पोखराको लेकसाइडमा रहेको टेम्पल बेल बुटिक होटल एण्ड स्पामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभाले संस्थाका सेयरधनीहरुलाई चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र चुक्तापूँजीको ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एवम् नायव प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए भने उपस्थित सम्पूर्णलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रममा सेयरधनीहरुबाट उठेका जिज्ञासा एवम् सुझावहरुको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले यस विषम परिस्थितिमा पनि वित्तीय संस्थाले आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यहरुको सर्वोपरी हित हुने गरि कार्य गरेको बताए ।

