बिहीबार, चैत्र २१,२०८१ 04:08:18
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:08:18
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको नाफामा १४७% को उछाल, खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण

Hyundai Nepal
ग्लोबल आइएमई लघुवित्तको नाफामा १४७% को उछाल,  खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा वृद्धि आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ३५ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २८ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.४७ प्रतिशतले बढी हो ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज ७३.९२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा यो रकम १० करोड ५९ लाख रुपैयाँ रहेको थियो । यसको सकारात्मक प्रभाव संस्थाको खुद नाफामा परेको छ । संस्थाको खुद नाफा १४७.४१ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यो रकम ४ करोड ७८ लाख रुपैयाँ थियो ।  

Shivam Cement
Bizshala
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड १२ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.१० प्रतिशत कायम छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३८.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २००.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६०५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.७३ गुणा र तरलता अनुपात ३.९१ प्रतिशत कायम छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.