बुधबार, चैत्र २०,२०८१ 12:41:34
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:34
IME remit
Global IME Bank Limited

वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त सूचीकृत छन् । तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो ।  

ग्लोबल आईएमई लघुवित्तका देशभर ५१ जिल्लामा १०२ शाखा छन् । यसको मुख्य कार्यालय पोखरामा रहेको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रहेको छ । कम्पनीको जगेडा कोषको आकार ५१ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी १ अर्ब १३ करोड रहेको छ । चौथो त्रैमासिक प्रतिवेदन अनुुसार कम्पनीको खुद मूनाफा १४ करोड १६ लाख रपैंया रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.८९ रुपैंया रहेको छ भने बुक भ्यालु १८३.२४ रुपैयाँ, रिर्टन अन इक्विटी १२.४९ प्रतिशत र खराब कर्जा ३.९ प्रतिशत रहेको  छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

फिवानासी रिट्रेसमेन्ट  

फिवोनासी रिट्रेस्मेन्ट एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ ।  ती गोल्डेन अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८, ०.७८ र १०० प्रतिशत हुन् ।  

जसअन्तर्गत यो कम्पनीको सेयर भाउ ०.३८ प्रतिशतको टेवा १४०० सम्म, ०.५ प्रतिशतको टेवा १३०० सम्म, ०.६१ प्रतिशतको टेवा ११०० सम्म आउन सक्छ ।  

माथि मूख्य तस्बिरमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यस कम्पनीको सेयर हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । अर्थात कम्पनीको सेयरमा लगानीकर्ताहरुको सामान्य आकर्षण रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १७०५ रुपैया रहेको छ भने न्यून मूल्य ७५३ रुपैयाँ रहेको छ । कम्पनीको संस्थापक समूहतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यस कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डसँगै हिडेको देखिन्छ । कम्पनीको सेयर मूल्य हाल वियरिस तर्फ लागेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको वियारिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । आरएसआई ओभर सोल्ट जोन ३० को तहमा आएको छ । समग्रमा तीनवटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ करिब करिब वटमको विन्दुमा आएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४२६

प्रतिरोध २ – १३३८

प्रतिरोध १–  १३११

पिभट प्वइन्टः १२७३

घटेमा सपोर्ट  

सपोर्ट १– १४२६

सपोर्ट २– १३३८

सपोर्ट  ३ –१२७३

निष्कर्षः आधारभूत रुपमा या कम्पनी ठीकै देखिन्छ । कम्पनीको पूँजीको करिब ८४ प्रतिशत जगेडा रहेको छ । कम्पनीको बुक भ्यालु सामान्य घटेता पनि प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बढेको छ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयर भाउमा पनि बजार घट्दा बिक्री दबाब देखिएको छ । कम्पनीको ९ वर्षको औषत लाभांश दर १७.५ प्रतिशत रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.