बिहीबार, बैशाख ३१,२०८३ 01:43:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:43:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई लघुवित्तको ईपीएस २.२२ गुणाले बढ्यो, नाफा १२१.९०% ले वृद्धि

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई लघुवित्तको ईपीएस २.२२ गुणाले बढ्यो, नाफा १२१.९०% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी २.२२ गुणाले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी ३८.११ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस १७.१६ रुपैयाँमा सीमित थियो ।  

संस्थाको खुद खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण ईपीएसमा उछाल देखिएको हो । संस्थाले समीक्षा अवधिसम्म ७५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०.३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ६३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै संस्थाले २३ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१.९० प्रतिशत बढी हो । खुद शुल्क तथा कमिशन आम्दानी पनि १९.९५ प्रतिशतले बढ्दै ८ करोड ५२ लाख पुगेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी ७५ करोड १४ लाख र सञ्चालन मुनाफा ३३ करोड ७२ लाख रहेको छ ।  

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर ९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा १७ करोड १९ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.०७ प्रतिशतबाट घटेर ३.६२ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.६५ गुणा र तरलता अनुपात ४.३७ प्रतिशत कायम छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.