काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । यी दुवै वित्तीय कम्पनीहरुले विभिन्न पदमा कर्मचारीको माग गरेका छन् ।
जस अनुसार स्वावलम्बन लघुवित्तले सहायक र उपसहायक तह ४ का लागि केहि कर्मचारी माग गरेका छ । सहायक पदका लागि प्रमाणपत्र तह/१२ कक्षा उत्तिण गरेको हुन्पर्नेछ भने उपसहायक पदका लागि भने एलएलसी÷एसइई वा सो सरह पास गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले फागुन ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
त्यस्तै पोखरा फाइनान्सले पोखरा,डुम्रे,नारायणघाट,कावासोती र सुनवल शाखा कार्यालयको क्रेटिट एण्ड मार्केटिङ शाखाका लागि असिस्टेन्ट र सिनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा डुम्रे,चितवन,कावासोती र सुनवल शाखाका लागि जुनियर असिस्टेन्ट पदका लागि दरखास्त आह्वान खुलाएको छ ।
यी दुवै पदका लागि कम्तीमा स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले फागुन ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।